ङादीको आईपिओमा आवेदन दिने अन्तिम दिनसम्म ४० गुणा बढीको आवेदन

बुद्धबार, चैत्र २४, २०७२ साल,
काठमाडौं । ङादी ग्रुप पावर  लिमिटेडले निष्काशन गरेको ९ लाख ७३ हजार ७ सय ३७ कित्ता साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीको मंगलवार सम्ममा ३ अर्व ८९ करोड रुपैयाँ बराबरको माग आवेदन परेको धित्तोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडले जानकारी दिएको छ । जुन कुल मागको ४० गुणा बढी रहेको छ ।

कम्पनीले गत २१ गतेदेखि ९ लाख ७३ हजार ७ सय ३७ कित्ता साधारण शेयर निष्काशन ९आईपीओ० गरेको थियो । कम्पनीले ९ लाख ७३ हजार ७ सय ३७ कित्ता मध्ये १९ हजार ४ सय ७४ कित्ता कर्मचारीका लागि र ४८ हजार ६ सय ४६ कित्ता सामूहिक लगानी कोषहरुका लागि छट्याएको छ ।

कम्पनीको शेयरमा धित्तोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ ।

त्यस्तै, ङादी गु्रप पावर लिमिटेड अनामनगर, भिवोर क्यापिटल लिमिटेड कृष्णगल्ली ललितपुर, ग्रोमर मर्चेण्ट बैंकिङ लिमिटेड दरबारमार्ग काठमाडौंबाट पनि आवेदन दिन सकिन्छ ।

त्यस्तै, गृहेश्वरी मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स लिमिटेडका शाखा कार्यालय, एपेक्स डेभलपमेण्टका शाखा कार्यालयहरु, सिनर्जी फाइनान्स लिमिटेडका शाखा, काठमाडौं फाइनान्सका शाखा, साझा विकास बैंकका शाखा र अरनिको डेभलपमेण्ट बैंकका शाखाबाट आवेदन दिन सकिने व्यवस्था मिलाएको थियो ।

आईपिओ निष्काशनपछि कम्पनीको चुक्तापूँजी । ४८ करोड ६८ लाख रुपैंया पुग्नेछ  ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411