एकै स्थानका दुई किशोरी एकैसाथ बलात्कृत

बुद्धबार, चैत्र २४, २०७२ साल,
महोत्तरी । महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा दुई किशोरी एकैसाथ बलात्कृत भएका छन् । सुन्दरपुर–८ बस्ने १४ वर्षीया र १३ वर्षीया किशोरी एकैसाथ बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुबै किशोरी गत बिहीबार राति ९ बजेको समयमा सुन्दरपुर गाविस–८ बस्ने २५ वर्षीय विनोद यादव र २० वर्षीय कृष्ण यादवबाट बलात्कृत भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

गाउँको सडकमा हिँडेर जाँदै गरेका दुबै किशोरीलाई सडकपेटीमै ढुकेर बसेका दुबै युवकले स्थानीयबासी रामकृपाल यादवको घरमा लगी बलात्कार गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

बलात्कार गरी फरार दुबै युवकलाई मंगलबार राति जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको छ । उनीहरुमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411