नेप्से २.१६ अंकले बढ्यो, कारोबार ५५ करोड माथि, तीन कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको बृद्धि

बुद्धबार, चैत्र २४, २०७२ साल,
काठमाडौं । अघिल्ला दुई दिन दोहोरो अंकले उकालो लागेको नेप्से बुधबार सामान्य २.१६ अंकले बढेर १३७७.४२ विन्दुमा पुगेको छ । 

यसदिन नेप्सेसँगै कारोबार रकममा समेत बढोत्तरी आएको छ । १२३ कम्पनीको कारोबार भएको बजारमा ५५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

लगानीकर्ताहरु वाणिज्य बैंकमा फर्किएपछि बजारमा सकारात्मक देखिएको हो । वाणिज्य बैंक समूहको सूचक १.३३ अंकले बढेको बजारमा यो समूहको मात्रै ३० करोड बराबरको शेयर किनबेच भएको छ । अन्य, होटल, विकास बैंक र जलविद्युत सुचक ओरालो लागेका छन् भने बाँकी सुचक हरियो भएका छन् । सबैभन्दा वढी बिमा ३९.२२ अंकले हरियो भएको छ भने फाइनान्स ८.४४ अंकले बढेको छ । उत्पादनमूलक समूहमा सामान्य बृद्धि देखिएको छ ।

बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै ६ करोड बढीको कारोबार भएको छ । इन्भेष्टमेन्ट बैंकको ३ करोड ८१ लाख रुपैयाँ बराबरको साधारण तथा २ करोड ४३ लाख रुपैयाँ बराबरको संस्थागत शेयरको किनबेच भएको छ ।

त्यसपछि नेपाल बंगलादेश बैंकले ५ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार गर्दा नेपाल बैंकले ३ करोड २९ लाख बराबरको कारोबार गरेको छ । स्ट्याण्डर्ड चार्टड र सनराइज बैंकले २ करोड बढीको कारोबार गर्दा शिखर इन्स्योरेनसको पनि २ करोड बढीको शेयर खरिदबिक्री भएको छ । सिटिजन्स, ग्लोबल आइएई बैंकले पनि डेढ करोड बढीको कारोबार गरेका छन् ।

बजार वाणिज्य बैंकहरुको कारोबार बढेपनि कमाउने र गुमाउनको अग्रपक्तिमा साना कम्पनीहरुनै अगाडि देखिएका छन् । यसदिन हामा मर्चेन्ट, वागमती डेभलपमेन्ट बैंक र महाकालि विकास बैंकको शेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ ।

नेपाल ग्रामिण विकास बैंक, कालिञ्चोक डेभलपमेन्ट, नागरिक लगानीकोष लगायत कम्पनी धेरै कमाउनेको सूचीमा अगाडि रहेका छन् । प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411