वाणिज्य बैंकमा दोहोरो अंकको सुधारपछि नेप्से १२.७३ अंकले बढ्यो, कारोबार ५४ करोड रुपैयाँ

मंगलवार, चैत्र २३, २०७२ साल,
काठमाडौं ।  धितोपत्र बोर्डको चेतावनीपछि निरन्तर ओरालो लागेको सेयर बजारमा वाणिज्य बैंकमा लगानीकर्ताको आर्कषण बढेपछि लगातार दुई दिन दोहोरो अंकले बढेको नेप्से १२.७३ अंकले बढेर १३७५.२६ अंकमा पुगेको छ ।

सोमबार करिब ४६ करोडको कारोबार भएकोमा मंगलबार ११ करोडले बढेर ५४ करोड रुपैयाँ पुगेको छ । बीमा र होटल बाहेक अरु समूहमा सुधार देखिएको छ ।
 
वाणिज्य बैंकसँगै विकास बैंकको साढे ६ अंकले, जलविद्युत कम्पनीको १० अंकले, वित्त कम्पनीको ७.५९ अंकले, उत्पादन समूहको सूचक ८३ अंकले र अन्य समूहको १० अंकले बढेको छ । होटलको २.८९ अंकले तथा बीमा समूहको सूचक १३.८३ अंकले ओरालो लागेको छ । 

दोहोरो अंकले बढेको बजारमा ग्लोबल आईएमइ बैंकको सबैभन्दा धेरै २ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सिटजन्स, सनराईज, नेपाल बंगलादेश, नेपाल बैंक, सानिमा बैंकले २ करोड बढीको कारोबार गर्दा लूम्बिनी इन्स्योरेनस र नेपाल लाइफले पनि २ करोड बढीको कारोबार गरेका छन् ।

बजार वाणिज्य बैंकहरुको कारोबार बढेपनि कमाउने र गुमाउनको अग्रपक्तिमा साना कम्पनीहरुनै अगाडि देखिएका छन् । यसदिन बागमति डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाउदा महाकालि विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411