​मुक्तिनाथ विकास बैंक पनि सामेल भयो अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

सोमबार, चैत्र २२, २०७२ साल,
काठमाडौं । मुक्तिनाथ विकास बैंक अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भएको छ । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी एनसीएचएल प्रणालीको सञ्जाल बिस्तारको क्रममा नेपाल क्लियरिंग हाउस र मुक्तिनाथ विकास बैंकबिच सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र मुक्तिनाथ विकास बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसीएचएल आईप्एिस प्रणाली उपलब्ध गराउने छ । यो प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिन जस्ता कारोबारहरु संचालन गर्न सक्ने क्लियरिंग हाउसले जनाएको छ ।

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सनरतलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने बताइएको छ ।

यस्तो प्रणालीका लागि कम्पनीले ४७ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष र ३ रेमिट कम्पनीसंग सम्झौता गरिसकेको छ । एन। आई। डि। सि। डेभलपमेन्ट बैकसंगको सम्झौता पछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा ५१ सदस्यहरु आवद्ध भएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411