वाणिज्य बैंकको सुधारले नेप्से ११ अंकले बढ्यो, साढे ४६ करोडको कारोबार

सोमबार, चैत्र २२, २०७२ साल,
काठमाडौं । गत साता देखि निरन्तर ओरालो लागेको नेप्से सोमबार भने दोहोरो अंकले उकालो लागेको छ । जलविद्युत बाहेक कारोबारमा आएका सबै समूहमा सुधार आएपछि बजार १०.९९ अंकले उकालो लागेको हो। 
 
घितोपत्र बोर्डको चेतावनीपछि ओरालो लागेको बजार आज दोहोरो अंकले बढेको हो । नेप्से सोमबार १०.९९ अंकले बढेर १३६२.५३ अंकमा पुगेको छ । दिनभर १२७ कम्पनीको कारोबार भएको बजारमा ४६ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा सोमबार कारोबार रकम भने ६ करोड रुपैयाँले घटेको छ ।

कारोबार भएका बैंकिङ समुह ८.६३ अंकले, होटल १.१ अंकले बढ्यो भने विद्युत समुह १९.६१ अंकले घट्यो । त्यसगरी फाइनान्स, इन्स्योरेन्स, उत्पादन र अन्य समुह पनि क्रमशः २.२१, ९२.१७, १.०४ र ११.७४ अंकले बढ्यो ।

यसदिन वाणिज्य बैंक समूहको सूचक करिब नौ अंघले बढ्दा २५ करोड बराबरको कारोबार भएको छ । 

सोमबार सिटिजन्स् बैंकको सबैभन्दा धेरै ६ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि नेपाल बैंकले २ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार गर्दा नेपाल बंगलादेश बैंक र स्ट्याण्डर्ड चार्टड बैंकले पनि २ करोड बढीको कारोबार गरेका छन् ।

दोहारो अंकले बढेको बजार वाणिज्य बैंकहरुको कारोबार बढेपनि कमाउने र गुमाउनको अग्रपक्तिमा साना कम्पनीहरुनै अगाडि देखिएका छन् । यसदिन जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाउदा प्रोगे्रशिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411