​खोला किनारमा प्रहरीले भेट्टायो १५ थान ल्यापटप र २० थान मोबाइल फोन

सोमबार, चैत्र २२, २०७२ साल,
लहान । सिरहा नगरपालिका–६ स्थित कमला खोलाको बाँधबाट प्रहरीले गएराति ल्यापटप, मोबाइल, इयरफोनलगायतका सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले एचपी कम्पनीको पाँच थान ल्यापटप, डेल कम्पनीको १० थान ल्यापटप, १० थान आइफाइब मोबाइल, १० थान ओनप्लुस मोबाइल, ९० थान इयरफोन, छ थान ल्यापटपको चार्जर, १० थान र्‍यामसमेत बेवारिसे अवस्थामा बरामद गरेको हो । 

बरामद भएका सामान करिब रु ११ लाख ४० हजार ५०० मूल्य बराबरको रहेको र उक्त सामान आवश्यक कारबाहीको लागि आजै जिल्ला भन्सार कार्यालय सिरहा माडरमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411