धनी र शक्तिशाली २०० भन्दा बढि व्यक्तिहरुले सम्पत्ति कसरी लुकाए भन्ने गोप्य दस्तावेज सार्वजनिक

सोमबार, चैत्र २२, २०७२ साल,
काठमाडौं । धनी र शक्तिशाली व्यक्तिहरुले कसरी आफ्नो धनसम्पत्ति लुकाउन कर छली गर्दा रहेछन् भन्ने खुलेको छ ।
उनीहरुले कर छली गर्नको लागि कसरी कम भन्दा कम सम्पति देखाउछन् भन्ने गोप्य दस्तावेज सार्वजनिक भएसँगै यो तथ्य बाहिर आएको हो ।

विश्वमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको एक करोड दश लाख गोप्य दस्तावेज लिक भएसँगै यो तथ्य सार्वजनिक भएको हो ।

गोप्य दस्तावेज लिक भएसँगै मोसाक फोन्सेकाले आफ्ना ग्राहकको काला धन वैध बनाउने, प्रतिबन्धबाट बच्ने तथा कर चोरीमा कसरी मद्दत गर्ने रहेछ भन्ने खुलेको छ ।

कम्पनीका अनुसार करिब ४० वर्षदेखि बिना शंका उसले यस्तो काम गरिरहेको उल्लेख गरेको छ  । लिक भएको दस्तावेजमा ७२ जना वर्तमान तथा पूर्व राष्ट्राध्यक्ष यस प्रकरणमा कम्पनीसँग जोडिएको खुलासा भएको छ । जसमा पूर्व तानाशाहसमेत संलग्न छन् जसमाथि आफ्नो देशलाई लुटेको आरोप लागेको छ ।

जर्मन अखबार जूटडायच ट्सायटून्गले प्राप्त गरेको यस दस्तावेज इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टीगेटीभ जर्नालिष्ट, आईसीआईजे मार्फत् सार्वजनिक गरेको छ । तर यो दस्तावेज कसले दियो भन्ने आफूलाई थाहा नभएको बीबीसीले जनाएको छ ।

आइसीआइजेका निर्देशक गेरार्ड राइलका अनुसार लिक भएको दस्तावेजमा मोसाक फोसेको हरेक दिनको गतिविधिको प्रतिवेदन छ ।

दस्तावेजमा पूर्व शासकहरु इजिप्टका होस्नी मुबारक, लीबियाका मुअम्मर गद्दाफी र सीरियाका राष्ट्रपति बहर अल अशदका परिवार र उनका सहयोगीसँग जोडिएका कम्पनीको गोप्य जानकारी पनि उल्लेख छ ।

दस्तावेजमार्फतै अरबौं डलरको अपचलन गर्ने संन्दिग्ध एक गिरोहको बारेमा पनि पत्ता लागेको छ । जसको सम्बन्ध रुसको एक बैंकसँग रहेको तथा त्यसमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनका निकट सहयोगी पनि जोडिएका छन् ।

उनको सम्बन्ध बैंक रसियामा छ जसलाई क्रिमिया प्रकरण पछि अमेरिका तथा युरोपीय संघको प्रतिवन्ध लागेको छ ।
दस्तावेजमा आइसल्याण्डका प्रधानमन्त्री सिगमन्डर गुनलान्गसानको नाम पनि एक गोप्य विदेशी कम्पनीमा करोडौं डलर लगानी गरेको आरोप लगाइएको छ ।-बीबीसी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411