​साताको पहिलो दिन नेप्से झण्डै ४ अंकले ओरालो लाग्यो

आईतवार, चैत्र २१, २०७२ साल,
काठमाडौं । साताको पहिलो दिन सेयर बजारको परिसूचक ओरालो लागेको छ। गत साताभर घटेको बजार यो साताको पहिलो दिन ३.९४ अंकले घटेको छ। परिसूचक १ हजार ३ सय ५१ अंकमा अडेको छ।  १ सय २७ कम्पनीको ७ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५२ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 
 
समूहगत रुपमा हेर्दा होटल र उत्पादन समूह बढे भने अरु सबै समूह ओर्लिए। होटल समूह २७ र उत्पादन समूह ३० अंकले बढेको छ। विकास बैंक र हाइड्रो समूह १३-१३ अंकले ओर्लिएको छ भने बिमा समूह सबैभन्दा धेरै ५३ अंकले घटेको छ। बैंकिङ समूह ०.६३ र अन्य समूह ५.८७ अंकले घटेको छ। 
 
कारोबारका आधारमा स्टाण्डर्ड चार्टड बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ३ करोड ८५ लाख रुपैयाँको कारोबार भयो। सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, नबिल बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक र नेपाल बैंक कारोबार रकमका आधारमा अग्रस्थानमा रहे। 
 
माउन्ट मकालू डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९८ प्रतिशत सेयर मूल्य बढेको छ। क्लिन भिलेज माइक्रोफाइनान्सका लगानीकर्ताले पनि ७.९८ प्रतिशत सेयर मूल्य कमाए। 
 
गुमाउनेमा भने महिला सहयात्रा माइक्रोफाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ९.९८ प्रतिशत मूल्य घटेको छ। हामा मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले ८ प्रतिशत मूल्य गुमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411