​भारत र युरोपियन युनियनको बक्तव्य प्रति नेपाल सरकारको कडा आपत्ति

बिहीवार, चैत्र १८, २०७२ साल,
काठमाडौं । भारत र युरोपियन युनियन (ईयू) ले सार्वभौम मुलुकको आन्तरिक मामिलामा देखाएको चासोप्रति नेपालले कूटनीतिक आपत्ति जनाएको छ । अर्काको मुलुक भित्रको आन्तरिक विषयलाई लिएर अनावश्यक वक्तव्य जारी नगर्न भन्दै परराष्ट्र मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ब्रसेल्समा सम्पन्न भारत–ईयू सम्मलेनपछि जारी संयुक्त वक्तव्यमा नेपालको संविधानलाई अपूर्ण भन्दै समयसीमा भित्र रही संविधानका विवादित विषय मिलाउनु पर्ने उल्लेख गरेपछि नेपाल सरकारले त्यस्तो कूटतीनिक जवाफ गरेको हो ।

नेपालले यसअघि भारत र बेलायतको संयुक्त वक्तव्यको विषयमा समेत यस्तै सन्देश दिएको भए पनि भारतले आफ्नो अन्तराष्ट्रिय अभियान नछोडेकोमा गम्भीर बन्दै भनेको छ, ‘यसबाट नेपाली जनताको भावनामा चोट मात्र पुगेको छैन । अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको मर्म समेत उलंघन भएको छ ।’

सरकारले नेपाली जनताको सार्वभौम र प्रजातान्त्रिक अधिकारको सम्मान गर्न र नेपालका सम्बन्धमा नचाहिँदो विज्ञप्ति जारी नगर्न भारत र इयूको ध्यानाकर्षण समेत गरेको छ । भारत र इयूको यो बक्तब्यमा नेपालले पूर्ण असहमति जनाउदै परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती नै जारी गरेर भनेको छ, ‘संयुक्त वक्तव्यमा नेपाल सम्बन्धी समावेश भएका कुराबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेपालले प्रजातान्त्रिक तरिकाले संविधानसभाबाट संविधान जारी गरेको र यसले नेपाली जनताको भावनालाई समेटेको उल्लेख गर्दै सरकारले संविधान बनाउने काम नेपालको नितान्त आन्तरिक मामिला भएको जनाएको छ । नेपालीहरू संविधानका विषयहरू सल्टाउन आफैं सक्षम रहेकोले यसमा अनावश्यक चियोचर्चो नगर्न समेत आग्रह गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411