नगरविकासको जग्गा बिक्रीको छानबिन गर्न समिति गठन

बिहीवार, चैत्र १८, २०७२ साल,
कञ्चनपुर । सहरी विकास मन्त्रालयले महेन्द्रनगर नगरविकास समितिको प्रक्रिया नपु¥याएर बिक्री वा लिजमा दिइएको जग्गाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।

राजनीतिक दलको सर्वदलीय निर्णयपछि मन्त्रालयका सिनियर इन्जिनियर सुरज पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो । नगरविकास समिति बोर्डको निर्णय विपरीत जग्गा लिजमा लिएको जनाउँदै सब्जीमन्डी लगायतका क्षेत्रमा भौतिक संरचना निर्माण हुन थालेपछि दलले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका थिए ।

नगरविकास समितिका सदस्य देवराज मिश्रले सर्वदलीय निर्णयअनुसार समिति गठन गरिएको बताउनुभयो । प्रक्रिया नपु¥याएर जग्गा बिक्री गरिएको वा लिजमा दिइएको बारे छानबिन गर्न सर्वदलीय निर्णयबाट समिति गठनको माग गरिएको थियो ।

यसअघि मन्त्रालयका इन्जिनियर नवीन देवकोटाको संयोजकत्वमा गत वर्ष छानबिन समिति गठन गरिएको थियो । समितिले गत मङ्सिरमा सुझावसहितका प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो ।

नगरविकास समितिलाई उपलब्ध गराएको प्रतिवेदनको प्रतिलिपिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयलाई समेत बोधार्थ दिइएको छ । प्रतिवेदनमा अध्यक्षको टिप्पणीका आधारमा जग्गा लिजमा दिएर प्रक्रिया मिचिएको उल्लेख छ ।

सांसदहरुले प्रक्रिया मिचेर बेचिएको वा लिजमा दिइका जग्गाको छानबिन हुनपर्ने माग राख्दै मन्त्रालयमा उजुरी दिएपछि गत भदौदेखि समितिका कामकाज रोकिएका छन् । समितिका कामकाज रोकिएको मौका छोपेर सब्जीमन्डी, पुरानो बसपार्क लगायतका क्षेत्रमा जग्गा कब्जा गरी धमाधम संरचना निर्माण गरिँदै आएका छन् ।

‘समितिको कामकाज रोक्का गरी हातखुट्टा बाँधिएका छन्,’, समितिका सदस्य मिश्रले भने-‘छानबिन समितिले छानबिन गरेपछि मात्रै यसमा केही गर्न सकिन्छ ।’ समितिका कामकाज रोक्का गरिएका कारण विभिन्न स्थानमा निर्माण गरिएका संरचनालाई रोक्न नसकिएको उनको भनाइ रहेको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411