​वनजङ्गलका पातपतिङ्गरबाट पनि राम्रो आम्दानी

बिहीवार, चैत्र १८, २०७२ साल,
बर्दिवास । महोत्तरी जिल्लाका दलित वस्तीका महिला अहिले वनजङ्गलका पातपतिङ्गर समेटेर राम्रो आम्दानी गरिरहेका छन्। 
 
मुख्य रुपमा कृषि मजदुरी गर्दै आएका जिल्लाका दलित वस्तीका मुसहर जातिका महिला फुर्सदको उपयोग गर्दै वनजङ्गलका पातपतिङ्गर समेटेर राम्रो आम्दानी गरिरहेका हुन् । अहिले कृषि कार्यमा फुर्सदको बेला भएकाले वनजङ्गलमा पातपतिङ्गर समेटेर घरगुजारा टार्ने गरिएको मुसहर समुदायका महिलाको भनाइ छ। 
 
समेटेर थुप्य्राइएको पातपतिङ्गर परबर खेती गर्ने किसानले राम्रो मूल्य दिएर लाने गरेपछि आफूहरुको घरगुजारामा निक्कै राहत भएको २२ किलोमिटर टाढाबाट सोत्तर (सुकेका पात पतिङ्गर) सोहोर्न हात्तीलेट वनक्षेत्र पुगेकी जिल्लाकै हतिसर्वा–४ जमुनिंयाँको दलित वस्तीकी बुधनी सदाले बताए। अहिले पातपतिङ्गर समेटेर भएको आर्जनले घरगुजारा चलाएर दैनिकजसो एकरदुई सय जोगिने गरेको सो काममा संलग्न महिलाले बताएका छन्। 
 
जिल्लाका भङ्गाहा, हतिसर्वा, सिङग्याही, धर्मपुर, हरिहरपुरहरिनमरी र सोनामाईसहितका गाविस वस्तीबाट आएका दलित महिला अहिले जिल्लाको उत्तरी क्षेत्रस्थित वनक्षेत्रमा पतिङ्गर सोहोर्न व्यस्त देखिएका छन् । जिल्लाका बर्दिवास र गौशाला नगरपालिका एवम् हात्तीलेट, बेलगाछी, खयरमारा र लक्ष्मीनियाँ गाविसमा पर्ने वनक्षेत्रमा पछिल्ला १५ दिनयता सयौँको सङ्ख्यामा पतिङ्गर सोहोर्ने महिला देखिने गरेका छन्। वसन्त ऋतु सुरु भएसँगै रूखबुटाका पात झर्न थालेपछि जिल्लाको मध्य क्षेत्रसम्मका मुसहर समुदायका महिला पतिङ्गर सोहोर्न व्यस्त देखिएका हात्तीलेट–९ का ब्रह्मदेव यादवले बताए। 
 
परबर रोपिएको जग्गा पातपतिङ्गरले छोप्दा चिस्यान रहिरहने भएकाले अहिले यसको बिक्री निक्कै बढेको छ । पातपतिङ्गर ९सोत्तर० सोहोर्न अन्य घरकामले नभ्याएका बेला मुसहर महिलाले थालेका कामले आफूहरुलाई निक्कै सजिलो भएको परबर खेती गर्ने किसानको भनाइ छ । 
 
वनक्षेत्रमा सोत्तर ९सुकेका पातपतिङ्गर० सोहोर्न दलित महिलाबीच तँछाड–मछाड नै हुने गरेको देखिन्छ । पतिङ्गरको किनबेच हुन थालेपछि अहिले यो काम राम्रो रोजगारी बनेको छ । दलित महिलाले फुर्सदको समय उपयोग गर्दै थालेका काममा अन्य समुदायले समेत चासो बढाउन थालेका बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडाले बताए। वनक्षेत्रमा सोत्तर सोहोर्नेको चहलपहलले वन्यजन्तु र चराचुङ्गी भने भाग्न थालेका छन् ।
 
धुम्रपान ९बिँडी चुरोट० गर्ने लतका महिलाले राम्ररी ननिभाइएको बिँडीचुरोटको ठुटा र सलाईको काँटीले वनमा आगलागीका घटना भने बढाएको वन हेरालुको गुनासो छ । पतिङ्गर सोहोर्न वनक्षेत्र पुगेका महिलाले भने वनक्षेत्रसँगै जोडिएका वस्तीका बासिन्दाले डढेलो लगाइदिँदा पतिङ्गर खोज्न भौँतारिनु परेको गुनासो गरेका छन्। रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411