नेपाल लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने, १० प्रतिशत एफपिओ पनि जारी गर्ने

बुद्धबार, चैत्र १७, २०७२ साल,
काठमाडौं । नेपाल लाइफ इन्स्योन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयसधनीलाई आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

कम्पनीको मंगलबार बसेको २१७औं सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । बोनस सेयर वितरण गरेपश्चात कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

त्यसैगरी सञ्चालक समितिले कम्पनीको सेयर संरचना मिलाउन सर्वसाधारणका लागि फरदर पब्लिक अफरिंग (एफपिओ) निष्काशन गर्ने जनाएको छ ।

हाल कम्पनीमा संस्थापक सेयरधनीको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी छ । कम्पनीले एफपिओ जारी गरेर संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत हिस्सा बनाउन लागेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411