यस आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्रै : एडीबी

बुद्धबार, चैत्र १७, २०७२ साल,
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ ।

बुधबार राजधानीमा नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर योकायामा केन्चीले पुनर्निर्माणका काममा भएको ढिलाई, व्यापार र पारवहनको अबरोध तथा प्रतिकुल मौसमका कारण आर्थिक वृद्धिदर खुम्चिने प्रतिबेदन सार्वजानिक गरे ।

तर, सरकारले भने यो आवमा २ प्रतिशत आर्थिक वृद्धि हुने संसोधित अनुमान यसअघि नै सार्वजानिक गरिसकेको छ । पुनर्निर्माणको कार्यले गति लिने अपेक्षामा सरकारले २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । पुनर्निर्माणको कामप्रति बुधबारमात्रै प्रधानमन्त्री केपी ओलीले आफू असन्तुष्ट भएको बताइसकेका छन् ।

भूकम्प र नाकाबन्दीमात्रै नभई मौसमका कारण यो वर्ष कृषि उत्पादनसमेत प्रभावित हुने एडीबीले जनाएको छ । कूल ग्रार्हस्थ उत्पादनमा कृषिको योगदान कमी हुँदा आर्थिक वृद्धिदर पनि प्रभावित हुने देखिएको हो ।

राजनीतिक स्थिरता कायम हुन सके र मौषम राम्रो भएमा आगामी आर्थिक वर्षमा भने देशको कूल गार्हस्थ उत्पादन बृद्धिदर ४.८ प्रतिशत कायम हुनसक्ने एडीबीको प्रक्षेपण छ । अघिल्लो आर्थिक वर्षमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर भएकोमा गत वर्ष भुकम्पका कारण आर्थिक वृद्धिदर ३ प्रतिशमा खुम्चिएको थियो ।

देशको कूल गार्हस्थ उत्पादन बृद्धिदरलाई बढाउन पुनर्निर्माणको कामका साथै उर्जा, यातायात, शहरी सुविधा र सिँचाईका खर्च बढाउन एडीबीले सुझाएको छ । एडीबीका अनुसार गत वर्ष ६.८ कायम भएको मुद्रास्फिति दर यो वर्षको माघमा बढेर १२.१ प्रतिशत पुगेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411