नेत्रविक्रम चन्द विप्लवले जनअदालत ब्युँझाएर कांग्रेस र एमालेका नेतालाई कार्वाही गर्ने

सोमबार, मंसिर १, २०७१ साल,
काठमाडौंमा भएको कार्यक्रममा उहाँले काँग्रेस र एमालेले शान्ति प्रक्रियामा आउनुपूर्व गरेका सहमति कार्यान्वयन नगरेका कारण आफुहरुको धैर्यताको बाँध टुटेको भन्दै अब दुवै दलका नेतालाई जनअदालतको हिरासतमा राख्ने बताउनुभयो । उहाँले माओवादीलाई अपराधी सावित गर्ने र जेलमा हाल्ने सपना नदेख्न पनि चेतावनी दिनुभयो ।

विप्लवले पार्टीलाई कुनै हालतमा फुट्न नदिने पनि बताउनुभयो । पार्टीको स्पष्टिकरणमा परेका चन्दले सोमबार अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुराँ मजदूर संघको पाँचौं काठमाडौ जिल्ला सम्मेलनको उद्घाटन गर्दै सबै माओवादीलाई एक ढिक्का बनाउने दावी गर्नुभयो ।

केही दिन पहिले कपिलवस्तुको जंगलमा गोप्य भेला गरेको विषयमा नेकपा माओवादीले सचिव चन्दसँग स्पष्टिकरण सोधेको छ । सचिव चन्दले आफूले कपिलवस्तुमा गोप्य भेला गरेपछि माओवादी फुट्छ् भनेर कतिपय राजनीतिक दलहरु रमाएपनि पार्टीलाई फुट्न नदिने बरु थप मजबुत बनाउने दावी गर्नुभयो ।

माओवादी सचिव चन्दले नेपाली काँग्रेस र नेकपा एमाले २०४७ सालको जस्तै संविधान जारी गरेर पुरानै खालको दलाल पूँजीवाद लाद्ने प्रयासमा लागेको आरोप लगाउँदै दुई दलले आफूहरुलाई वाहिर राखेर एकलौटी रुपमा सत्ता कब्जा गरे शहर र गाउँमा नयाँ सत्ता जन्माउने चेतावनी पनि दिनुभयो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411