​लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको २१ प्रतिशत बोनस पारित

मंगलवार, चैत्र १६, २०७२ साल,
काठमाडौं । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले गतआर्थिक बर्षको मुनाफाबाट २१.६१८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लगेको थियो ।

सोमबार सम्पन्न कम्पनीको १९ औ तथा २० औ साधारणसभाले लाभांश प्रस्तावसँगै आर्थिक वर्ष २०७१-७२ असार मसान्तसम्मको बासलात, नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाहको विवरण अनुसुचीसहित पारित गरेको छ ।

त्यस्तै सभाले संस्थापक शेयर धनीहरुको तर्फबाट चिन्तामणि भट्टराई, प्रेमबहादुर श्रेष्ठ, सुधीरप्रसाद शर्मा र गणेशराज रेग्मीलाई संचालकमा निर्विरोध निर्वा्चित गरेको छ । साथै सञ्चालक समितिको बैठकले चिन्तामणि भट्टराई अध्यक्षमा चयन गरेको जनाइएको छ ।

कम्पनीले गत आर्थिक बर्षमा ६ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ३३ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको बोनश शेयर पश्चात चुक्ता पूँजी ४१ करोड रुपैयाँ पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411