नबिल बैंकमा रहेको एनआईडिसीको शेयर बिक्रीमा, मुल्य न्युनतम १३५३ रुपैयाँ

शुक्रबार, चैत्र १२, २०७२ साल,
काठमाडौं । एनआईडिसी डेभलपमेन्ट बैंकले नबिल बैंकमा रहेको करिब एक लाख ६३ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । एनआईडिसीले सस्थापक समूहको सेयर किन्न चाहनेका लागि बोलपत्र आब्हान गरेको छ । बैंकले प्रतिकित्ता न्युनतम एक हजार तीन सय ५३ रुपैयाँमा सेयर विक्री गर्न लागेको हो ।

एनआईडिसीले आफ्नो स्वामित्वमा रहेको एक लाख ६२ हजार नौ सय ८१ कित्ता सस्थापक सेयर विक्री गर्न लागेको हो । न्युनतम एक हजार तीन सय ५३ रुपैयाँमा तोकिएपनि बोलकबोलमा लगानीकर्ताले यो भन्दा बढी मूल्यमा किन्न पनि सक्छन् ।

नबिलको सस्थापक सेयरको अन्तिम कारोबार प्रतिकित्ता एक हजार पाँच सय १४ रुपैयाँमा भएको थियो । बजारमा चलेको भन्दा दुई सय रुपैयाँ कममा सेयर बेच्न प्रस्ताव गरिएको हो ।

लगानीकर्ताले कम्तिमा एक सय र त्यसमाथि १० अंकले भाग जानेगरी सेयर किन्ने प्रस्ताव पेश गर्नुपर्ने छ । डिम्याट खाता भएका लगानीकर्ताले मात्रै सेयर आवेदन दिन पाउनेछन् । डिम्याट खाता नभएका लगानीकर्ताले सेयर किन्ने बोलकबोलमा भाग लिन पाउँदैनन् ।

सरकारी स्वामित्वको एनआईडिसी डेभलपमेन्ट बैंक नबिलको सस्थापक लगानीकर्ता हो । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ गर्न नपाउने व्यवस्था गरेपछि एनआईडिसीले सेयर विक्री गर्न लागेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411