​सिंह र महतले देउवालाई भेटेर संसदीय दलको नेता रामचन्द्र पौडेललाई बनाउन दवाव

बिहीवार, चैत्र ११, २०७२ साल,
काठमाडौं ।  रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउन पौडेल पक्षका नेताहरुले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्।  

सभापति देउवाको निवास बूढानीलकण्ठमा पुगेर कांग्रेस नेताहरु प्रकाशमान सिंह, डा रामशरण महतलगायतले पौडेललाई संसदीय दलको नेता बनाउन आग्रह गरेका हुन्। 

पौडेललाई संसदीय दलको नेता बनाउँदा पार्टीलाई सहमतिका आधारमा अगाडि बढाउन सजिलो हुने सिंह र महतको भनाइ थियो । 

उनीहरुको आग्रहलाई सभापति देउवाले सकारात्मक रुपमा लिँदै साथीहरुसँग सल्लाह गरेर निर्णय लिने जवाफ दिएका देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।

कांग्रेसको संसदीय दलको निर्वाचन यही महिनाको तेस्रो हप्ता गर्ने तयारी भइरहेको छ।  निर्वाचनका लागि नवनिर्वाचित केन्द्रीय कार्यसमितिले तीन सदस्यीय निर्वाचन समिति बनाएको छ।

केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा रहेको समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे र गुरुराज घिमिरे रहेका छन्। समितिले यसै हप्ता बैठक बसेर निर्वाचनको मिति घोषणा गर्ने समितिका सदस्य पाण्डेले जानकारी दिए। रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411