जनउत्थान लघुवित्तले १५ प्रतिशत बोनस शेयर दिने

सोमबार, चैत्र ८, २०७२ साल,
काठमाडौं ।  जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोमा लाग्ने करवापतको रकम नगद लाभांश स्वरुपमा १ लाख ५७ हजार ८ सय ९४ दशमलव ७४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश वितरणसम्बन्धी प्रस्ताव बैंकको आगामी चैत २७ गते हुने पाँचौ वार्षिक साधारणसभाले पारित गर्ने बैंकले जनाएको छ । बोनस शेयर वितरणपश्चात् चुक्तापूँजी दुई करोड ३० लाख रुपैयाँ पुग्ने बैंकले चालु आवको दोसा त्रैमासिक अवधिमा ९२ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

रुपन्देहीको बुटबलमा केन्द्रिय कार्यालय रहेको बैंकको पछिल्लो पटक चार सय ६० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता शेयर कारोबार भएको छ । बजार पुँजीकरण नौ करोड २० लाख रुपैयाँ पुगेको बैंकको स्टकमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई करोड रुपैयाँ बराबरको दुई लाख कित्ता शेयर सूचीकृत छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411