हुआवेको ब्राण्ड एम्बेसडरमा लियोनेल मेस्सि
आईतवार, चैत्र ७, २०७२ साल,

काठमाडौं । मोबाइल उपकरण निर्माता हुआवेले बार्सिलोना क्लवका प्रसिद्ध फुटबल स्टार लियोनेल मेस्सिलाई आफ्नो कञ्जुमर विजनेश ग्रुपका लागि ग्लोबल ब्राण्ड एम्बेसेडरका रुपमा नियुक्त गरेको छ ।
‘विशेषगरी, यूरोप, एसिया र ल्याटिन अमेरिकामा आफ्ना उपभोक्तालाई थप उत्साह प्रदान गर्न मेस्सिले सघाउनेमा हामी विश्वस्त छौँ’ हुआवे कञ्जुमर बीजी अध्यक्ष (ह्याण्डसेट विजनेश)का केभिन होले बक्तब्य मार्फत भने । मेस्सि भारतीय सवारी साधन निर्माता टाटा मोटर्सका लागि समेत ग्लोबल ब्राण्ड एम्बेसडरका रुपमा नियुक्त छन् ।
‘हाम्रो ब्राण्ड आफ्नो स्वउत्थान तथा प्रगतिका लागि उत्कृष्ट र नवप्रबद्र्धनात्मक खोजीमा लागि रहेको हुन्छ ।’ हुआवे ईण्डिया सीबीजीका अध्यक्ष एलेन वाङले भने ‘मेस्सिपनि निरन्तरता, उत्कृष्टता र दृढताको प्रतिकका रुपमा रहेका छन् ।’
हुआवेले सन् २०१५मा १ सय ८ मिलियन स्मार्टफोनको विक्री गर्दै एप्पल र सामसुङ पछिको तेस्रो कम्पनीका रुपमा आफूलाई स्थापित गरिसकेको छ । यस बर्ष कम्पनीले आफ्नो विक्रीलाई ३ सय प्रतिशतले बृद्धि गर्ने लक्ष्य लिएको छ ।