फ्री वाइफाइको सुविधाले रत्नपार्कमा आगन्तुक बढे

आईतवार, चैत्र ७, २०७२ साल,
काठमाडौं। रत्नपार्कमा इन्टरनेट सुविधा सुरु भएसँगै रत्नपार्कमा अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।  अन्य दिन भन्दा शनिबार २ सय बढी अवलोनकर्ता आएका छन् ।

काठमाडौँ महानगरपालिका, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीकाअनुसार अन्य शनिबारको दिन एक हजारसम्म अवलोकनकर्ता आउने गरेकामा यही चैत ६ गते शनिबारदेखि इन्टरनेट सुविधा थपिएपछि अन्य दिनको तुलनामा वृद्धि भएको हो । अवलोकनकर्ताको सङ्ख्या वृद्धि भएसँगै आम्दानीमा पनि वृद्धि भएको छ ।

सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै गत शुक्रबार साँझदेखि वाइफाइ सेवा विस्तार गरिए पनि सर्वसाधारणले शनिबारदेखि मात्र प्रयोग गर्न पाएका थिए ।

“रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गरिएको हो” प्रमुख केसीले भने ।

एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको उद्यानमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्छन् ।

इन्टरनेटको सुविधासँगै उद्यान अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइले अपेक्षा गरेको छ। उद्यानको पुनःनिर्माणपछि सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411