​नेपाल बैंक लिमिटेड पनि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

बिहीवार, चैत्र ४, २०७२ साल,
काठमाडौं । नेपाल बैंक लिमिटेड पनि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा जोडिएको छ । नेपाल बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नेपाल बैक लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्र प्रताप शाहले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि प्रणाली उपलब्ध गराउनेछ । नेपाल क्लियरिङ्ग हाउस आइपिएस प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथावित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालनगर्न सक्नेछन् ।

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियमभुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतकाकुनै पनिप्रकारकाभुक्तानीदिने तथालिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन्  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411