६ सय ११ मावि शिक्षकका लागि दरखास्त खुल्यो

आईतवार, फागुन ३०, २०७२ साल,
काठमाडौं । शिक्षक सेवा आयोगको शनिवार बसेको बैठकले पाँचै विकास क्षेत्रका ६ सय ११ शिक्षक पदका लागि दरखास्त आब्हान गर्ने निर्णय गरेको हो ।

२०६३ बैशाख १० पछि रिक्त रहेका मावि शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि विज्ञापन भएको आयोगले जनाएको छ ।

विभिन्न १४ विषयमा शिक्षक माग गरिएको छ र यस मध्ये सबै भन्दा धेरै विज्ञानका लागि १ सय ५० पदका लागि आबेदन माग गरिएको छ । दोस्रोमा अंग्रेजीका लागि १ सय २८, नेपालीका लागि १ सय ७ सामाजिकका लागि ९३ र गणितका लागि ८७ पदको विज्ञापन मार्फत माग गरिएको छ ।

यसेगरी लेखामा २०, स्वास्थ्य तथा जनसंख्यामा ६, संस्कृत साहित्य र कम्प्युटर विज्ञानमा ३ र ३ पदका लागि विज्ञापन गरिएको छ । 

यस्तै शिक्षा र संस्कृत भाषका लागि २र२ तथा कृषि र वेदका लागि १,१ पद तोकिएको छ ।

आबेदन कँहा र कसरी दिने ?

आजाको मितिले ३० दिन भित्र आवेदन भर्न पाईने भएकाले फारम भर्ने म्याद चैत २९ गते सम्मका लागि तोकिएको छ ।

पाँचै क्षेत्रीय कार्यालय सहित हरेक क्षेत्रमा एक जिल्ला शिक्षा कार्यालयमा फारम भर्न पाईने ब्यवस्था गरिएको छ । पूर्वाञ्जलमा जिशिका मोरङ्, मध्यमाञ्चलमा ललितपुर, पश्चिमाञ्चलमा रुपन्देही, मध्य पश्चिममा दाङ र सुदुर पश्चिममा कैलाली जिशिकामा फारम भर्न पाईने ब्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोगको सूचना, दरखास्त फारम र पाठ्क्रम हेर्नको लागि यहाँ जानुहोस् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411