विश्वकप क्रिकेटको अवसरमा एनसेलको ट्वान्टी-ट्वान्टी प्याक

शुक्रबार, फागुन २८, २०७२ साल,
काठमाडौं । एनसेलका ग्राहकहरुले अब एउटै प्याकबाट भ्वाइस र डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेलले नेपाली बजारमा पहिलो पटक भ्वाइस र डेटा बन्डल गरिएको दैनिक प्याक ‘ट्वान्टी-ट्वान्टी प्याक’ ल्याएको छ ।

यो योजनामा एनसेलका प्रिपेड ग्राहकले अझ सुलभ दरमा भ्वाइस र डेटा सेवा लिन सक्नेछन् । हाल भइरहेको आइसिसी ट्वान्टी(ट्वान्टी विश्वकफ क्रिकेट प्रतियोगिताको अवसर पारेर ल्याइएको यो प्याक शुक्रबार अर्थात फागुन  २८ गतेदेखि लागू भएको एनसेलले जनाएको छ ।

ग्राहकले कर बाहेक  २० मा ट्वान्टी-ट्वान्टी  प्याक खरिद गरी एनसेल नेटवर्कभित्र कल गर्न सकिने २० मिनेटको टक टाइम र २० एमबि डेटा प्राप्त गर्न सक्छन् । यो प्याक ट्वान्टी-ट्वान्टी विश्वकफ क्रिकेट प्रतियोगिता अवधिभर संचालनमा रहने छ ।सामान्य अवस्थामा, प्रति मिनेट कलको कर बाहेक १.९९ रुपैयाँ पर्छ भने कुनै प्याक खरिद नगरी डेटा चलाउदा प्रति एमबि ३ रुपैयाँ पर्दछ । यसरी ट्वान्टी(ट्वान्टी प्याक लिदा ग्राहकले करिब सय रुपैयाँ बराबरको सेवा मात्र रु २० मा प्राप्त गर्नेछन् ।एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले १७११४ मा डायल गरी वा अंग्रजीमा २० टाईप गरी १७११४ मा एसएमएस पठाएर सहजै यो प्याक खरिद गर्न सक्छन् । प्याकको समयावधि २४ घण्टा रहनेछ ।

‘आफ्ना प्रिपेड ग्राहकका लागि पहिलो पटक भ्वाइस र डेटा बन्डल गरिएको प्याक ल्याउन पाएकोमा हामी खुशी छौं । सुलभ दरमा उपलब्ध यस प्याकले ग्राहकलाई ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको अवसरमा आफ्ना प्रियजनसँग थप सम्पर्कमा रही आपसमा खेलको मज्जा साट्न  मद्दत गर्ने विश्वास छ’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि खरिद गर्न सक्छन् । यदि ग्राहकले एकैदिनमा दुई पटक यो प्याक खरिद गरेमा पछिल्लो पटक खरिद गरिएको प्याक अनुसार सेवा उपयोगको समयसिमा तोकिनेछ र अघिल्लो प्याकको बाँकी टक टाइम र डेटा पनि पछिल्लो प्याकको टक टाइम र डेटामा जोडिनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411