ग्लोबल आइएमई बैंक र एस बैंक भारत बीच रेमिट्यान्स कारोवार गर्ने सम्झौता

आईतवार, फागुन २३, २०७२ साल,
काठमाडौं । ग्लोबल आइएमई बैंकले भारतको एस बैंकसँग रेमिट्यान्स कारोवार गर्ने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावली र एस बैंक लि भारतका ग्रुप प्रेसिडेन्ट अरुण अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले रेमिट्यान्स कारोवार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हाल नेपालीहरुको बाक्लो उपस्थिती रहेको भारतमा यस रेमिट्यान्स सेवाबाट आफूले आर्जन गरेको रकम पठाउन छिटो र सरल हुने छ । उक्त सम्झौता अनुसार इण्डियामा स्थित एस बैंकको ४०,००० वटा एस मनि सर्भिसका एजेन्टहरु बाट सिधै रेमिट्यान्स पठाउन सकिने छ र पठाएको रकम ग्लोबल आइएमई बैंकको कुनैपनि शाखा कार्यालय वा देश भरि रहेका कुनैपनि आइएमई एजेन्ट वाट भुक्तानी लिन सकिने छ ।

हाल ग्लोबल आइएमई बैंकले इण्डियामा यूनाइटेड बैंक अफ इण्डिया  र इण्डस्ट्रियल बैंक अफ इण्डिया   मार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले आफनो स्थापनाकाल देखीनै कतार, युएई, बहराइन, इण्डिया, मलेसिया, कोरिया, जापान, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुकहरुको बैंक र एक्स्चेन्ज हाउसहरु संगको सहकार्यमा रेमिट्यान्स कारोवारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411