​लोमस र देउराली जनता फर्मास्युटिकल्सका संचालक रिहा

आईतवार, फागुन २३, २०७२ साल,
काठमाडौं । तोकिएभन्दा बढी मूल्यमा औषधी विक्री गरेको आरोपमा पक्राउमा परेका लोमस फर्मास्युटिकल्स र देउराली जनता फर्मास्युटिकल्सका संचालकलाई प्रहरीले रिहा गरेको छ । पक्राउप्रति उद्योगी व्यवसायीको चर्को विरोध र दबाबपछि प्रहरीले उनीहरुलाई शनिबार राती साढे ११ बजे रिहा गरेको हो ।

पक्राउ परेका उद्योगी रिहाको माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले शनिबार पत्रकार सम्मेलन गरी आइतबारदेखि औषधी उत्पादन ठप्प पार्ने जानकारी दिएसँगै प्रहरीमाथि उद्योगी रिहाको दबाब परेको थियो ।

यो दबाबपछि लोमश फर्मास्युटिकल्सका संचालकद्धय प्रवलजंग पाण्डे, प्रज्वलजंग पाण्डे र देउराली जनताका भाइस प्रेसिडेन्ट निगम अधिकारी र प्रवन्धक नीलराज आचार्यलाई प्रहरीले शनिबार राती रिहा गरेको हो । उनीहरुलाई आइतबार विहान ८ बजे परिसरमा उपस्थित हुने कागजमा हस्ताक्षर गराएर रिहा गरिएको छ ।

महानगरीय प्रहरी परिसर प्रमुख विक्रमसिंह थापाको नेतृत्वमा शुक्रवार दुई औषधी उद्योगमा छापा मारेर संचालकहरु पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस्

चर्को मुल्यमा औषधि बिक्री गरेपछि लोमस फर्मा र देउराली जनतामा छापा, संचालक पक्राउ 

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411