चर्को मुल्यमा औषधि बिक्री गरेपछि लोमस फर्मा र देउराली जनतामा छापा, संचालक पक्राउ

शुक्रबार, फागुन २१, २०७२ साल,
काठमाडौं । मानव जीवनको स्वास्थ्यमा प्रत्यक्ष जोडिने औषधिमा कालोबजारी गरेको अभियोगमा दुई कम्पनीमा प्रशासनले छापा हानेको छ । 

बजार मूल्यभन्दा चर्को मूल्यमा औषधि बेचेर कालोबजारी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर टेकुले दुई औषधि उत्पादक कम्पनीमा छापा हानेका हुन् । 
 
प्रहरी र प्रशासनको संयुक्त टोलीले नारायणहिटी दराबारको उत्तर ढोकास्थित लोमस फर्म्यास्युटिकल्स र देउराली जनता फर्म्यास्युटिकल्सको कार्यालयमा छापा मारेको हो । 
 
दुई औषधि कम्पनीमा छापा हान्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी र महानगरीय प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापासहितको टोली पुगेको हो । 
 
प्रहरी र प्रशासनको टोलीले दुबै कम्पनीको कार्यालयबाट औषधि उत्पादन तथा विक्रीसम्बन्धी कागजात जफत गरेको छ । 
 
लोमस फर्मा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप जंग र उनका भाइ प्रज्वल जंग पाण्डेले सञ्चालन गरिरहेका छन् । त्यसैगरी देउराली जनताका मालिक हरिकृष्ण शर्मा हुन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411