करदातालाई पुससम्म विभिन्न छुटका योजना: कर प्रशासन करदातामैत्री बनाउन अर्थमन्त्री महतको निर्देशन

सोमबार, मंसिर १, २०७१ साल,
काठमाडौं, मंसिर १ – अर्थमन्त्री डा। रामशरण महतले कर प्रशासनलाई करदातामैत्री बनाउन मातहतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

तेस्रो राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा अर्थमन्त्री डा। महतले कर धेरै उठाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन कर्मचारीसँग आग्रह गर्नुभयो ।

उहाँले करदातालाई नियमितरुपमा कर तिर्न लगाउने र करदाताको संख्या बढाउनेतर्फ कर्मचारीको ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभयो । नेपालमा व्यवस्थित कर प्रणाली लागु भएको ५६ वर्ष पूरा भएपनि कुल जनसंख्याको ४ दशमलव ४ प्रतिशत मात्र करको दायरामा आएका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार असोज मसान्तसम्म ११ लाख ७१ हजार ३ सय ७४ मात्रै करमा दर्ता भएका छन् । त्यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनको संख्या ४ लाख ६३ हजार ५ सय ६६ छ । सरकारले १७ वर्षपहिले मूल्य अभिवृद्धि कर भ्याट उठाउन सुरु गरेकोमा अहिलेसम्म जम्मा १ लाख ३९ हजार १ सय ८२ करदातामात्र भ्याटको दायरामा आएका छन् । तर कुल राजस्वमा मूल्य अभिवृद्धि करको योगदान भने ३० प्रतिशत छ ।

अर्थमन्त्री डा। महतले कर प्रशासनमा हुने ढिलासुस्ती, चुहावट, चोरी लगायतका समस्या न्युनिकरणका लागि आफूले  करदाताले मन्त्रालयमा उजुरी गर्न सक्ने व्यवस्था गर्न लागेको बताउनुभयो । कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले प्रविधिको अनुसरण गरि कर प्रशासनलाई थप चुस्त दुरुस्त बनाउने बताउनुभयो ।

कार्यक्रममा केही करदातालाई सम्मान समेत गरिएको थियो । कार्यक्रम अघि आन्तरिक राजस्व विभागले प्रभातफेरि निकालेको थियो । राजस्व परिचालनमा मूल्य अभिवृद्धि करले पुर्‍याएको योगदानको मूल्यांकन गर्दै सरकारले २०६९ साल मंसिर १ गतेको दिनलाई राष्ट्रिय कर दिवस घोषणा गरेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411