यूएइबाट नेपाल टेलिकममा कल गर्दा ५० प्रतिशत छुट

बिहीवार, फागुन २०, २०७२ साल,
काठमाडौँ । यूएइको Etisalat कम्पनीको मोबाइलबाट नेपाल टेलिकमका कुनै पनि नम्बरमा अब प्रचलित दररेट भन्दा ५० प्रतिशत सस्तो दरमा कल गर्न सकिने भएको छ।
 
यस अनुसार Etisalat कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा कल गर्दा प्रतिमिनेट ३० फिल्स अर्थात करिब ८ रुपैयाँ ८० पैसा मात्र महसुल लाग्ने टेलिकमले जनाएको छ।
 
योअफर मार्च १ (यही फागुन १८) देखि तीन महिनासम्म लागू हुनेछ । नेपाल टेलिकमको विशेष अनुरोधमा नेपाली ग्राहकलाई लक्षित गरी Etisalat कम्पनीले यो अफर लागू गरेको हो ।
 
यस छुट अफरबाट युृएईमा कार्यरत नेपालीलगायत अन्य उपभोक्ताहरु पनि लाभान्वित हुनेछन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411