​नेपाल टेलिकमले पर्यटकलाई विमानस्थलबाटै ५० रुपैयाँको टक भ्यालु भएको सिमकार्ड दिने

बुद्धबार, फागुन १९, २०७२ साल,
काठमाडौं । नेपाल टेलिकमले बुधबार देखि विदेशी पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाटै निःशुल्क रुपमा सिम कार्ड वितरण सुरु गरेको छ । 
 
सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष दिनेश कुमार थपलियाले निःशुल्क सीम बितरण सुरु गरेका हुन् । 

उक्त अवसरमा सञ्चारमन्त्री राईले टेलिकमले विदेशी पर्यटकहरुलाई निःशुल्क सिम वितरण कार्य आरम्भ गरेर पर्यटन प्रबद्र्धनलाई टेवा पु¥याउने कार्य गरेको बताए । यसले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने उनले बताए । 
 
सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य एक नारायण अर्याल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, गोरखापत्र संस्थानका  महाप्रबन्धक सुशील कोइराला र नेपाल टेलिकमका उच्च पदस्थ अधिकृतहरुको उपस्थिति रहेको थियो । 

नेपाल पर्यटन बोर्डको सहकार्यमा कम्पनीले सिम वितरण कार्य प्रारम्भ गरेको हो ।  हाललाई आगमन कक्षमा रहेको पर्यटन बोर्डकै डेस्कमार्फत सिम बितरण गरिने छ । विदेशी पर्यटकहरुको पासपोर्ट र फोटोको आधारमा सिम प्रदान गरिने छ । 
 
यसरी वितरण गरिने सिमकार्डमा ५० रुपैयाँको टक भ्यालु समेत रहेको छ । पर्यटकलाई नेपाल आउदा सञ्चार सम्पर्क र इन्टरनेट सुविधा सहज होस् भन्ने उद्देश्यले यो सेवा उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411