​बैंकिङ कसुर तथा सजाय ऐन संशोधन विधेयकमाथि दफाबार छलफल सुरु

मंगलवार, फागुन १८, २०७२ साल,
काठमाडौं । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसदको अर्थ समितिअन्तर्गतको उपसमितिमा आजदेखि दफाबार छलफल सुरु भएको छ ।

उपसमितिले विधेयकमाथि आज कानुन व्यवसायीहरुसँग छलफल गरेको हो । छलफलमा सहभागी कानुन व्यवसायीहरुले विधेयकमा अझै केही त्रुटि रहेको भन्दै सच्याएर मात्र पारित गर्न सुझाव दिएका छन् ।

उनीहरुले पुरानो ऐनसमेत कार्यान्वयन हुन नसकेको तर्फ सचेत रहन सुझाव दिँदै नयाँ विधेयक पारित भएपछि कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

विधेयकमा बैंकिङ कसूरको उद्योग गर्ने व्यक्ति वा संस्था वा त्यस्तो कसूर गर्न अप्रत्यक्ष रुपमा संलग्न वा मद्दत पु¥याउने व्यक्ति वा संस्थालाई कसूरदारलाई भन्दा आधा सजायको आधा सजायको व्यवस्था गरिएको छ ।

त्यसैगरी बैंकमा कानून वमोजिम राखेको धितो बैंकको मञ्जुरी वेगर बिक्री वितरण गर्न वा मास्न नहुने उल्लेख छ ।

उपसमितिको दफाबार छलफलपछि संशोधित विधेयकमाथि व्यवस्थापिका संसद्को अर्थ समितिले अन्य सरोकारवालाहरुसँग पनि छलफल गर्ने भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411