​कर्मचारी संचय कोष र एनबीआईबीच सम्झौता

मंगलवार, फागुन १८, २०७२ साल,
काठमाडौं । कर्मचारी संचय कोषमा कार्यरत व्यवस्थापकीय तथा अन्य कर्मचारीमा ज्ञान र सीप बिकासका लागि नियमितरुपमा तालिम प्रदान गर्न कर्मचारी संचय कोष र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच एक सहमति भएको छ ।
 
सहमति अनुसार अब एनबीआईले कर्मचारी संचय कोषको आवश्यकताको अध्ययन गरी तालिम तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नेछ ।  
 
कर्मचारी संचय कोषका तर्फबाट प्रशासक कृष्ण आचार्य र एनबीआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले आइतबार सम्झौतामा हस्ताक्षर गरेका छन्।
 
कर्मचारी संचय कोषमा करिब ३० हजार कार्यालयका ५ लाख कर्मचारीले करिब १ खर्ब ९० अर्ब संचयकोष रकम जम्मा गरेका छन् । कर्मचारी संचय कोषले उक्त रकम र करिब ४० अर्ब जगेडा कोषलाई बिभिन्न क्षेत्रमा लगानी गरी कोषको व्यवस्थापन गर्ने गर्दछ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411