​विर्तामोडमा २५ करोड लगानीमा खुल्यो 'चम्लागाई कम्प्लेक्स'

सोमबार, फागुन १७, २०७२ साल,
झापा । झापाको बिर्तामोडमा २५ करोड रुपैयाँको लागतमा आधुनिक सुविधा सम्पन्न व्यवसायिक भवन ‘चम्लागाई कम्प्लेक्स’ सञ्चालनमा आएको छ। आइतबारबाट सुरु भएको सात तले चम्लागाई कम्प्लेक्समा लिफ्ट र अग्नि नियन्त्रण प्रणाली पनि स्थापना गरिएको छ ।
 
एउटै छानोमुनि ग्राहकले चाहेका र रोजेका हरेक सामग्री खरिदविक्री गर्नसक्ने गरी पूर्ण रुपमा सेवा दिने उद्देश्यले चम्लागाई कम्प्लेक्स संचालनमा ल्याइएको सञ्चालक देवेन्द्र चम्लागाईले जानकारी दिए। कम्प्लेक्समा कपडा लगायतका विभिन्न व्यवसायका साथै बैंक, सुविधा सम्पन्न आवाससहितको होटल समेत उनले बताए। 
 
दुई कठ्ठा दुई धुर जग्गामा निर्मित कम्प्लेक्सभित्रै सुरक्षित पार्किङको व्यवस्था समेत मिलाइएको छ। माटो परीक्षण गरी भवन निर्माणसंहिताको पूर्ण पालनागरी १० रेक्टर स्केलसम्मको भूकम्प प्रतिरोध गर्न सक्ने क्षमता भएको उनले जानकारी दिएका छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411