​नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा आज गर्ने

आईतवार, फागुन १६, २०७२ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार दिउसो चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने भएको छ । राष्ट्र बैंकले स्रोतले दिएको जानकारी अनुसार समिक्षामा मूल्यबृद्धि दर साढे ९ प्रतिशत र आर्थिक बृद्धिदर २ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

स्रोतका अनुसार तरलता व्यवस्थापनका लागि अनिवार्य तरलता अनुपातलाई यथावत राखिएको छ । नाकाबन्दी खुलेका कारण खर्च बढ्न सक्ने  अनुमान गर्दै तरलता व्यवस्थापनका लागि केन्द्रय बैंकले नयाँ औजारको प्रयोग नगर्ने निष्कर्श निकालेको हो ।

शुक्रबार साँझ बसेको राष्ट्र बैंकको सञ्चालक समितिको वैठकले समिक्षा प्रतिवेदन पारित गरेको थियो । सोही प्रतिबेदन गभर्नर डा चिरञ्जिबी नेपालले आज दिउसो २ बजे सार्वजनिक गर्दैछन् ।

नाकाबन्दीका कारण मौद्रिकन नीतिले राखेको आर्थिक वृद्वि र मुल्यवृद्विको हासिल गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । तर, विदेशी मुद्राको सञ्चिति, शोधकान्तर स्थित र मुद्रा प्रदाय भने लक्षअनुसार नै रहेको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411