कान्तिपुरको जिप जलाइयो

शुक्रबार, फागुन १, २०७१ साल,
कलैया (बारा), फाल्गुन १ गते ।कान्तिपुर पत्रिकामा कलैयामा भइरहेको आन्दोलनको समाचार प्रकाशित नगरिएको विरोधमा आज कान्तिपुरको लु १ च ४३३६ नम्बरको जिपलाई आन्दोलनकारीहरुले आगो लगाइदिएका छन्।

मालपोत, नापी, भूमिसुधार कार्यालय कलैयाबाट सिमरामा सार्ने सरकारको निर्णयबाट असन्तुष्ट भएका बारा उद्योग वाणिज्य सङ्घ, साना किसान पसल सङ्घ, तरकारी व्यवसायी सङ्घ, लेखापढी व्यवसायी सङ्घ र राजनीतिक दलका समितिले केही दिनदेखि कलैयामा जारी राखेको आन्दोलनको समाचार कान्तिपुर पत्रिकामा प्रकाशित नगरेको विरोधमा आज बिहान ९ बजे भरत चोकमा आगो लगाइएको हो ।

सो गाडी कलैयाका पत्रिका पसलका लागि ल्याइएको कान्तिपुर पत्रिका स्थानीय पसलमा बुझाइसकेपछि जलाइएको हो । गाडी तोडफोड गर्नुका साथै पत्रिका पसलमा बाहिर झुन्डाइएका पत्रिकासमेत झिकी जलाइएको छ । यसै क्रममा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच ढुङ्गामुढा हुँदा केही व्यक्ति घाइते भएका छन् । कलैया बजार पूर्णरुपमा बन्द भई तनावग्रस्त अवस्थामा रहेको छ । रासस

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411