प्रोफेशनल दियालो विकास बैंकले पहिरोबाट विस्थापितलाई राहत स्वरुपको रकम रु १ लाख १ हजार रुपैया हस्तान्तरण

शुक्रबार, कार्तिक २८, २०७१ साल,
काठमाडौं - प्रोफेशनल दियालो विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक दायित्व अन्र्तगत गत साउन महिनामा सिन्धुपाल्चोक पहिरोबाट विस्थापितहरुलाई राहत स्वरुपको रकम रु १ लाख १ हजार रुपैया सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक दायित्वलाई मनन गरी विस्थापित भएका नागरिकलाई राहत स्वरुपको रकम रु १ लाख १ हजार रुपैयाको चेक बैंकका अध्यक्ष श्री लोक राज पन्तले प्रमुख जिल्ला अधिकारीलाई एक समारोहका विच हस्तान्तरण गर्नुभयो ।

उक्त हस्तान्तरण कार्यक्रममा जिल्लाका कार्यालय प्रमुखहरुको साथै बैंकका संचालक राजेन्द्र प्रसाद सुवेदी, प्रमुख कार्यकारी अधिकृत राम शरण न्यौपाने, नायब प्रमुख कार्यकारी अधिकृत श्याम मोहन जोशी, मुख्य प्रबन्धक भरत बहादुर भण्डारी, शाखा प्रबन्धक जमुना मोक्तानको पनि उपस्थिति थियो ।

साथै काभ्रेको बनेपामा केन्द्रिय कार्यालय स्थापना गरी  आफ्नो १० जिल्ला कार्यक्षेत्र अन्र्तगत काभ्रे, दोलखा, सिन्धुपाल्चोक र चितवन जिल्लामा गरी जम्मा ६ वटा शाखा कार्यालय रहेको बैंक अन्य जिल्लामा समेत शाखा खोल्ने जनाएको छ ।

बैंकले हालसम्म रु १ अर्ब २५ करोड निक्षेप संकलन गरी रु १ अर्ब ५ करोड कर्जा लगानी गरेको छ । बैंकको मिति २०७१ कार्तिक २२ गते बसेको संचालक समितिको बैठकबाट आ.व. २०७०।७१ को मुनाफाबाट १०% बोनस शेयर र ५% नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411