​अर्थ समितिले कालो धनबारे अर्थमन्त्रि र गभर्नरसँग जानकारी लिने

शुक्रबार, फागुन १, २०७१ साल,
काठमाडौं, फाल्गुन १ गते । स्वीस बैङ्कमा अनाधिकृत रुपमा राखिएको नेपालीको साढे ५ अर्ब रुपैयाँ बराबरको कालो धनबारे अर्थ समितिले सरकारसँग जानकारी लिने भएको छ । 

शुक्रवार बसेको समितिको बैठकले सो निर्णय गरेको हो । समितिले अर्थमन्त्रि डा। रामशरण महत र राष्ट्रबैङ्का गभर्नर डा। युवराज खतिवडालाई बोलाएर त्यसबारे जानकारी लिने भएको छ । समितिको आज बसेको बैठकमा सभासदहरुले नेपालीको नाममा भएको पैसा कसको हो रु त्यो जनताले थाहापाउनु पर्छ भनेपछि अर्थ समितिका सभापति प्रकाश ज्वालाले यसबारे सरकार र सम्बद्ध निकायसँग यथाशिघ्र बुझ्ने बताए । साथै उनले कालो धनको विषय संवेदनशील भएकाले त्यसको यथार्थ जानकारी माग्न अर्थमन्त्री र गभर्नरसहित सम्वद्ध अधिकारीलाई आइतवार बोलाउने निर्णय भएको जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411