​प्रेम दिवसलाई ४० लाखको रातो गुलाफ भित्रियो

बिहीवार, माघ २९, २०७१ साल,
ललितपुर, माघ २९ गते । आउँदो प्रणय दिवसका लागि करिब ४० लाखको रातो गुलाफको फूल काठमाडौँ भित्रिएको छ । रातो गुलाफ प्रेमको प्रतीक मानिन्छ । 
 
‘फ्लोरीकल्चर एसोसिएसन’का अध्यक्ष लोकनाथ गैरेका अनुसार यस वर्ष प्रणय दिवसका लागि एक लाखवटा रातो गुलाफ भारतबाट ल्याइएको हो । गत वर्ष यो दिवसमा एक लाख ५० हजारवटा गुलाफ खपत भएको थियो । अध्यक्ष गैरेका अनुसार गत वर्षको तुलनामा फूलको आयात कम भए पनि मूल्य भने बढेको छ । 
 
आयात गर्दा प्रति फूलको गत वर्षकोभन्दा रु १० मूल्य बढी तिरेको व्यवसायीले बताएका छन् । उपभोक्ताले प्रति फूलको रु १०० सम्म तिर्नुपर्छ । अघिल्लो वर्ष प्रति फूलको मूल्य रु ७० थियो । भित्र्याइएको रातो गुलाफ ९५ प्रतिशत राजधानीमै खपत हुन्छ । पाँच प्रतिशत मात्र बाहिरिने एसोसिएसनले जनाएको छ । 
 
एसोसिएसनका अनुसार हरेक वर्ष यो फूलको माग बढे पनि नेपालमा उत्पादन कम छ । राजधानी तथा नुवाकोट, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा रातो गुलाफ उत्पादन हुन्छ । दिनप्रतिदिन प्रणय दिवसको महत्वसँगै रातो गुलाफको माग र मूल्य पनि बढ्दै गएको छ । हरेक वर्ष प्रणय दिवस फेब्रुअरी १४ तारिखमा मनाइन्छ । मायाको प्रतीकका रुपमा यो फूल उपहारका रुपमा आदानप्रदान गर्ने गरिन्छ । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411