एनसेल खरिद गर्ने निर्णय एक्जियटाको साधारणसभाले स्वीकृत

बिहीवार, फागुन ६, २०७२ साल,
क्वालालम्पुर । मलेसियन कम्पनी एक्जियटाको साधारणसभाले नेपालमा सञ्चालनमा रहेको एनसेल प्राली किन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

एक्जियटाको सञ्चालक समितिले गरेको एनसेलको ८० प्रतिशत सेयर खरिद गर्ने निर्णय साधारणसभाले भारि बहुमतले पारित गरेको हो । क्वालालम्पुरमा भएको साधारणसभामा ९९.९ प्रतिशत मत प्रस्तावको पक्षमा परेको थियो ।

‘हाम्रा सेयरधनीले एनसेल किन्ने निर्णयको समर्थन गरेकोमा हामी खुसी छौं । एनसेल हाम्रो र्पोफोलियोका लागि राम्रो छ ।’ कम्पनीका अध्यक्ष अज्मन मुख्तारले भने(‘एनसेलको खरिदसँगै कम्पनीको वित्तीय अवस्था स्थिर भएको छ । दिर्घकालमा सेयर धनीहरुलाई राम्रो फाइदा दिन सकिनेछ ।’

टेलियासोनेराले एनसेलमा रहेको आफ्नो स्वामित्व एक्जियटालाई हस्तान्तरण गर्दा नेपाललाई बुझाउनुपर्ने पूँजीगत लाभ कर छल्नका लागि गलत बाटो अंगालेको आरोप छ ।

नियामक निकायको स्वीकृति बेगर स्वामित्व हस्तान्तरण प्रकृया अगाडि बढाउनु नै गलत नियत भएको विज्ञको ठहर छ ।
एनसेलको स्वीमित्व खरिद गर्न लागेको एक्जियटाले आन्तरिक राजश्व विभागमा विदेशी कम्पनीबीच शेयर खरिद बिक्री गर्दा कर तिर्न नपर्ने हो की भनेर यही पुस ७ गते पूर्वादेश मागेको छ ।

सामान्यतयाः पूर्वादेश मागेको ४५ दिनभित्र जवाफ दिनुपर्नेमा आन्तरिक राजश्व विभागले अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411