रिलायबल डेभलपमेन्ट बैंकको नौ प्रतिशतमा सेयर धितो कर्जा

बुद्धबार, फागुन ५, २०७२ साल,
काठमाडौं। रिलायबल डेभलपमेन्ट बैंकले नौ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराउने भएको छ। बैंकले ग्राहकले कागजात पेश गरेको तीनदिन भित्रमा कर्जा प्रवाह गर्ने पनि जनाएको छ। बैंकले कर्जा अवधि बढिमा एक वर्ष हुने र नवीकरणको सुविधासमेत रहेको जनाएको छ।

यस कर्जा योजना अन्तर्गत सेवा शुल्क समेत न्यूनतम ०.२५ प्रतिशत लाग्ने बैंकले जानकारी दिएको छ। अधिकतम मूल्यांकन, सुलभ ब्याजदरमा सरल र छिटोछरितो तवरले यसका साथै अरु विभिन्न कर्जा सुविधाहरु समेत उपत्यकाका सबै शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411