नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित
शुक्रबार, कार्तिक २८, २०७१ साल,
काठमाडौं । एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित भएको छ ।
हारसँग नेपालको उपाधि गुमाउने लगभग पक्का भएको छ भने यू-१९ विश्वकप खेल्ने सपनामा धक्का लागेको छ । अब विश्वकपका लागि उत्कृष्ट दुई उपविजेतामा परेर १६ औं टीम बन्न प्ले अफ खेल्नु पर्नेछ ।
नेपालले प्रस्तुत गरेको १३४ रनको लक्ष्य अफगानिस्तानले ३६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालको अोपनिङमा प्रेम तामाङको स्थानमा सन्दिप सुनारलाई खेलाइएको थियो ।
सामान्य सुरुवात गरेको नेपालले ७.४ ओभरमा ३७ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । सुनार १६ रनमा आउट भए ।
तर, पहिलो विकेट गुमापछि दबावमा आएको नेपाली व्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् ।
११.५ ओभरमा कुल स्कोर ४६ रन हुँदा सुनिल धमला व्यक्तिगत १७ रनमा आउट भए । नेपालले थप एक रन जोड्दा प्रेम शुन्यमै आउट भए ।
कप्तान राजु रिजालले योगेन्द्र कार्कीसँग मिलेर नेपाली पारी उकास्ने प्रयास गरे । तर, ३१.३ ओभरमा नेपालले ८१ रन बनाउँदा उनी व्यक्तिगत २१ रनमा पभेलियन फर्किए ।
आरिफ शेख १० रनमै आउट भए । योगेन्द्रले छैटौं विकेटका लागि शौरभ खनालसँग २५ रनको साझेदारी गरे । उनी २३ रनमा आउट हुँदा नेपालको स्कोर १२० रन गियो । थप दुई रन जोठ्दा शौरभ व्यक्तिगत १३ रनमा आउट भए भने औठौं विकेटका रुपमा आउट भएका सुशील कँडेलले खाता नै खोल्न सकेनन् ।
४४.३ ओभरमा नवौं विकेटका रुपमा इर्शाद अहमद आउट भए भने थप १ रन जोड्दा शाहीदुल्लाले अर्जुन चापागाईंको विकेट लिएपछि नेपाल १३४ रनमा अलआउट भयो ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा रशिद खानले चार विकेट लिए । जिया उर रहमान र शाहिदुल्लाले २/२ विकेट हात पारे ।