सुकुुमबासी आयोगको जिल्ला तहमा सत्तासाझेदार दलकै बिरोध

शुक्रबार, कार्तिक २१, २०७१ साल,
झापा-२१ कातिक  ।  नेकपा एमालेको भागमा परेको सुकुुमबासी समस्या समाधान आयोगमा सत्तासाझेदार दलकै बिरोधको प्रभाव जिल्ला तह सम्म पुुगेको छ । 
 
सरकारको नेतृत्व गरि रहेको नेपाली कांग्रेसका केहि नेता, सभाषद तथा मन्त्रीहरुलेनै आयोगमा एमालेले एकलौटी गरेको भनि आलोचना गरि रहँदा जिल्ला तहमा क्रियाशिल आयोग प्रति पनि कांग्रेसकै नेताहरुले आलोचना गरेका छन् । कांग्रेस झापाकी नेतृ तथा समानुपातिक सभाषद महेन्द्रा सुव्वाले आयोग भुमिसुधार मन्त्रालयले कार्यकर्ता समेट्ने स्थानको रुपमा बनाएको भन्दै आलोचना गरेकी छिन् । 
 
दमकमा पत्रकार सम्मेलननै गर्दै उनले उच्च राजश्वको दर राखेर आयोग भुमिहिनको पहुँच भन्दा टाढा भाग्न खोजेको आरोप पनि लगाएकि छिन् । अघिल्लो सरकारबाट भएको अधिकतम डेढ विगाहा सम्म जग्गा सम्बन्धित जोतभोगकर्तालाई विना झन्झट र सरल रुपले दर्ता गर्ने व्यवस्था बनाउनु पर्ने उनको धारणा छ । 
 
सुकुमकाबासी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष एकराज कार्कीले भने सरकारले दिएको कार्यभार र निर्देशनको मापदण्डमा रहेर आफुहरु क्रियाशिल रहेको बताएका छन् । हाल बिभिन्न गाविस तथा नगरपालिका मार्फत भुमिहिनहरुबाट निवेदन संकलन गर्ने काम भैरहेको भन्दै उनले वास्तविक भुमिहिनहरुलाई बसोबासका लागि जग्गा प्रदान गर्न आयोग प्रतिवद्ध रहेको बताए । 
 
आयोगले स्थानीय निकाय मार्फत निवेदन संकलन कार्य थाले पछि  गाविस तथा नगरपालिकाहरुमा निवेदन दिन भुमिहिनहरुको भिड लाग्ने गरेको छ । झापाको लखनपुर गाविसका सचिव राजकुमार शाक्यले दिनभरि भुमिहिनको निवेदन दिन आउने भिडले नियमित कार्य सम्मादनमा समेत कठिनाई भएको बताए । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411