एमाओवादी नेता नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लू भएको पुष्टि

मंगलवार, माघ २६, २०७२ साल,
काठमाडौं । एमाओवादी नेता नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लू भएको पुष्टि भएको छ । नौ दिनदेखि ज्वरोले थलिएका उनको सोमबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा र्‍याल परीक्षणपछि स्वाइन फ्लू  भएको खुलेको हो ।

चिकित्सको सल्लाह अनुसार उनको निवासमै उपचार भइरहेको सहयोगी सुसन कम्रचार्यले बताइन । नौ दिनदेखि ज्वरो आउने र खोकी लागेपछि ग्वार्कोस्थित किष्ट अस्पतालमा परीक्षण गराएका थिए ।

' छातीमा इन्फेक्सन भएको थियो, 'सुसनले भनिन,' टाइफाइडको अनुमान गरेका थियौं । खकार परीक्षण गरेपछि मात्रै साइनफलू भएको थाहा भयो ।' घरमै उपचार भइरहेको उनले बताइन । अरुलाई सर्ने भएकोले भेट्न प्रतिबन्ध लगाएको छ । सोमबारदेखि औषधि सुरु गरेपछि मंगलबारबाट सुधार भएको उनले बताइन ।
 



 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411