​भारतीय विदेशमन्त्री स्वराजद्वारा सुशीलप्रति श्रद्धाञ्जली अर्पण, प्रधानमन्त्रीलाई भेटी आजै फर्किने

मंगलवार, माघ २६, २०७२ साल,
काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराजले नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेकी छन् । मंगलबारै काठमाडौं आएकी स्वराज दशरथ रंगशाला पुगेर कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

स्वराजसँगै काठमाडौं आएका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी, जनता दल युनाइटेडका शरद यादव, आनन्द शर्मालगायतका नेताहरुले पनि कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनीहरुले मंगलबारै प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरी राति ८ बजेको उडानबाट उनीहरु दिल्ली प्रस्थान गर्ने प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले जानकारी दिए । स्वारजले प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेट गर्ने र आजै राति फर्किने कार्यक्रम छ ।

कोइरालाको राजकीय सम्मानबारे निर्णय गर्न मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा परराष्ट्रमन्त्री कमल थापाले स्वराज काठमाडौं आउन लागेको जानकारी गराएका थिए । 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411