निजी चिकित्सक र सहयोगीसँग कोइरालाको अन्तिम संवाद “मैले बुझिसकेँ” (कोइरालाको जीवनी सहित)

मंगलवार, माघ २६, २०७२ साल,
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्ना निजी चिकित्सक र सहयोगीसँग अन्तिम संवाद गर्नुभएको थियो । 

निधनअघि नेता कोइरालाले अन्तिम पटक आफ्ना निजी सहयोगी कृष्ण अर्याल र चिकित्सक डा करवीर योगीसँग संवाद गर्नुभएको उहाँका प्रेस सहयोगी प्रकाश अधिकारीले बताउनुभयोे । उहाँको नाडीको धड्कन कम हुँदै गएपछि उपचारका सम्बन्धमा कुरा हुँदा उहाँको अन्तिम वाणी “मैले बुझिसकेँ” भन्ने थियो । अलिक बढी चापेपछि निजी चिकित्सक डा योगीलाई बोलाइएको थियो । अन्तिम समयसम्म पनि उहाँलाई अक्सिजन र नेबुलाइजर दिइएको थियो । 

उहाँलाई पछिल्लो समय निमोनिया र ज्वरो आएको थियो । उहाँलाई निजी चिकित्सक र आवश्यकतानुसार विशेषज्ञ चिकित्सकले सेवा पु¥याउँदै आउनुभएको थिायो । उहाँले दमको समेत प्रभाव देखिएकाले केही दिनअगाडिदेखि आवश्यकतानुसार नेबुलाइजर र अक्सिजन लिने गर्नुभएको थियो । उहाँमा केही दिनयता निद्रा पनि कम हुँदै गएको थियो । यस्तो बेलामा टेलिभिजनमा देश–विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसँग उहाँ चिन्ता व्यक्त गर्नुहुन्थ्यो । 

पार्टीको बाह्रौँ अधिवेशनबाट सभापति निर्वाचित कोइराला त्यसपूर्व कावा सभापति, पार्टी महामन्त्री र केन्द्रीय सदस्यका रुपमा रही पार्टीमार्फत देश र जनताको सेवामा संलग्न हुनुभएको थियो । संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गर्नुभएका सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक तत्कालीन प्रधानमन्त्री कोइरालाले आफ्नो वचनबद्धताअनुरुप संविधानसभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्गप्रशस्त गर्नुभएको थियो । 

आफ्नो प्रधानमन्त्रित्वकालमा उहाँले भारत, चीन, म्यानमा, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जम्बर्ग र इन्डोनेसियाको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री पदमा रहँदा भ्रमण मार्गमा युएई र थाइल्यान्डको पनि भ्रमण गर्नुभएको थियो । 

उहाँले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभा, अफ्रोएसियाली शिखर सम्मेलनको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजित जाकर्ता र वाङ्डुड सम्मेलन, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को १८औँ शिखर सम्मेलन र म्यान्माको राजधानी नेपिटोमा सम्पन्न बहुपक्षीय प्राविधिक एवम् आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०का तेस्रो शिखर सम्मेलनलाई सम्बोधन गरी विश्वमा लोकतान्त्रिक व्यवस्थाका माध्यमबाट शान्ति, सद्भाव कायम गर्दै विश्वभर सुख, शान्ति र समृद्धि फैलाउन सकिने सन्देश प्रवाह गर्नुभएको थियो । 

नेता कोइरालाको जीवनी : 
जन्म     विसं १९९६ साउन २८ गते 
जन्मस्थान : विराटनगर, मोरङ 
स्थायी ठेगाना :नेपालगन्ज–१३, बाँके 
वैवाहिक स्थिति  : अविवाहित 
पिता : बोधप्रसाद कोइराला 
माता   : कुमुदिनीदेवी कोइराला 
दाजुभाइ (आफूसमेत) : छ जना प्रमोद कोइराला, विनोद कोइराला, डा अरुण कोइराला, अशोक कोइराला, विजय कोइराला 
दिदीबहिनी : छ जना दिती शर्मा, आभादेवी शर्मा, विभा, सुधा कोइराला, शशी शर्मा, सरिता  

राजनीतिमा संलग्नता : 
  • २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न, ठाकुरराम हाइस्कुल वीरगन्जमा अध्ययनरत रहँदा नै राजनीतिमा सक्रिय । 
  •  नेपाली कांँग्रेसले अङ्गीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवम् कांग्रेसका संस्थापक बिपी कोइराला लगायत नेताको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न । 
  •  २०११ सालमा पिताजी बोधप्रसाद नवलपरासीको डिएफओ रहँदा भाइ अरुणसँगै पाल्पामा नेपाल छात्र सङ्घको शाखा खोल्न प्रस्थान । 
  • २०१२ साल माघमा वीरगन्जमा सम्पन्न काँग्रेसको छैटौँ महाधिवेशनमा सहभागी । 
  •  २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी । 
  • २०१५ सालमा संसदीय निर्वाचनको प्रचारप्रसारमा नेपालगन्जमा सक्रियतापूर्वक सहभागी । 
  • २०१७ साल पुस १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद् भङ्ग गरेपछि नेता सुवर्णशम्शेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा अरुण सहित कलकत्ता प्रस्थान । पश्चिम बङ्गालका मुख्यमन्त्री विधानचन्द्र रायसँग भेटघाट, भारतमा पत्रकार सम्मेलन, भारतका जयप्रकाश नारायण, डा राममनोहर लोहिया, अशोक मेहता, मधु दण्डवते लगायत नेतासँग सम्पर्क गरी नेपालको राजनीतिक अवस्थाबारे अवगत गराउनुभएको । 
  • बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको नेपाल भ्रमण तय भएपछि नेपाल अशान्त भएको र जनता प्रजातन्त्र अपहृत भएकामा रुष्ट रहेको सन्देश दिन नेपालका विभिन्न भागमा भूमिगत रुपमा विरोध कार्यक्रम सञ्चालन । 
  • राजा महेन्द्रको कोसी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील । 
  • २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वासित । 
  •  २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ, तीन वर्षभन्दा बढी समय भारतका विभिन्न कारागारमा । 
  • २०३७ सालमा जनमतसङ्ग्रह हुनुभन्दा केही हप्ता अगाडि ९वैशाख १ गते० गिरिजाप्रसाद कोइरालासँगै आममाफी । 
  • २०३७ सालको जनमतसङ्ग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय । 
  • २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी । 
  • २०४६ सालको जनआन्दोलनमा अग्रपङ्क्तिमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला काँग्रेस नेता तारानाथ रानाभाटसँगै गिरफ्तार । 
  • २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि काँग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय । 
  •  २०६१ माघ १९ गते शाही ‘कु’ भएपछि सोही दिन बाँकेमा तीन महिना नजरबन्द, त्यसपछि काँग्रेसको अगुवाइमा सञ्चालित सातदलीय आन्दोलनमा सक्रिय सहभागिता । 
  • निरङकुश राजतन्त्रविरुद्ध २०६२÷६३ मा काँग्रेसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह । 
  •  प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी छ वर्षभन्दा बढी कारागार । 

पार्टीमा जिम्मेवारी 
  • पार्टी सदस्य :२०१२ साल 
  • सम्पादक :‘तरुण’ पत्रिका, काँग्रेसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा । 
  • पार्टी केन्द्रीय सदस्य    : २०४५ साल मङ्सिर १३ देखि 
  • पार्टी विदेश विभाग प्रमुख   : २०४५÷४६ साल ९सन् १९९०० मा 
  • पार्टी महामन्त्री ः नवौँ महाधिवेशन २०५३ साल, पोखरापछि 
  • पार्टी उपसभापति   : २०५५ साल असोज २० गते 
  • कावा सभापति  : एघारौँ महाधिवेशन १३–१८ भदौ, २०६२ साल ९संस्थापन० र पार्टी एकीकरणपछिको कार्यसमिति २०६४ साल 
  • सभापति : बाह्रौँ महाधिवेशन २०६७ साल, १–५ असोज, काठमाडौँ । 

विधायिकी यात्रा 
  • संसदीय दलको नेता निर्वाचित २०७० साल माघ १२ 
  •  पहिलो संविधानसभा : २०६४ सालमा पराजित ९मधेसी जनाधिकार फोरमका सर्वदेव ओझा निर्वाचित० 
  • दोस्रो संविधानसभा २०७० सालको सदस्य निर्वाचित ः बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ 
  • प्राप्त मत : बाँके १० हजार ७५३ र चितवन २० हजार ७६० 
  • प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ : विजयी 
  • संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा : प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि २०५८ सालमा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा (शेरबहादुर देउवा विजयी) 
  • प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ सालको निर्वाचन ः बाँकेबाट प्रतिस्पर्धा 
  •  प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ सालको गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि २०५८ सालमा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा (शेरबहादुर देउवा विजयी) 
  • प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ सालको निर्वाचन : बाँकेबाट प्रतिस्पर्धा 
  • प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ सालको 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411