राजश्व असुलीको लक्ष्यसहित भन्सार विभागले ल्यायो राजश्व संकलन रणनीति

सोमबार, माघ २५, २०७२ साल,
काठमाडौं। लामो समयदेखि अवरुद्ध भन्सार विन्दु सहज भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको वार्षिक लक्ष्य पूरा गर्ने रणनीतिसहित क्रियाशील भएको जनाएको छ ।
 
तराई मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण अवरुद्ध नेपाल भारत नाका शुक्रबारदेखि सञ्चालनमा आएपछि विभागले दुई खर्ब पाँच अर्ब रुपैयाँको चालु आवको वार्षिक लक्ष्य पूरा गर्ने रणनीति तयार गरेको हो । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयबाट चालु आवमा एक खर्ब तीन अर्ब राजस्व सङ्कलन गर्न लक्ष्य दिएको छ ।
 
भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले भारतसँग जोडिएका १९ वटै नाका सहजरुपमा सञ्चालन भएको बताए। भन्सार विन्दुबाट सङ्कलन हुने राजस्व लक्ष्य पूरा गर्ने प्रयत्नका साथ विभाग क्रियाशील रहेको उनको भनाइ छ ।
 
माघ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुन्छ । अगामी दिनमा वार्षिक लक्ष्य पुर्‍याउने कोषिश सहित कार्यक्रम बनाएर अगाडि बढ्ने छौं, ढुङ्गानाले भने। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411