​अवैध र कमसल खालको रक्सीले २६ जनाको ज्यान लियो

सोमबार, माघ २५, २०७२ साल,
जकार्ता । इन्डोनेसियामा कमसल खालको रक्सीले २६ जनाको ज्यान लिएको समाचार छ । इन्डोनेसियाको मध्यप्रान्त जाभामा अवैध रुपमा उत्पादित र कमसल खालको रक्सीले ती व्यक्तिको ज्यान लिएको समाचारमा जनाइएको छ । 

जाभाको उत्तरी नगर स्लेमनमा सो रक्सीको उत्पादन गरिएको बताइएको थियो । रक्सीको सेवनबाट ती व्यक्तिको ज्यान गएको अनुसन्धानमा खटेका प्रहरीले जनाएका छन् । 

उनीहरुकाअनुसार रक्सी विषाक्त रहेको र त्यसैले कम्तीमा पनि २६ जनाको ज्यान लिएको पाइएको छ । ज्यान जानेमा धेरैजसो विद्यार्थी रहेका छन् । उनीहरु घरमा बनेको रक्सी सेवनका लागि अर्कै नामबाट त्यहाँ गएका थिए । कतिपयले भने किनेर घरैमा ल्याएर खाएका थिए । 

बुधबारसम्ममा सो रक्सीको सेवनबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । त्यसमा परी अरु पनि कैयौँ नागरिक गम्भीर रुपमा विरामी परेका छन् । 

उक्त नगरमा रक्सी निर्माणमा सम्लग्न भएको आशङ्कामा एकजना दम्पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस रक्सीको सेवनबाट गम्भीर घाइते व्यक्तिको उपचार जारी छ । 

तर त्यसका कारण विरामी परेकाहरुको पहिचान भने खुलाइएको छैन । मुस्लिम बाहुल्यता रहेको सो देशमा यसरी नक्कली रक्सीको सेवनबाट ज्यान जाने गरेका कैयौँ घटना रहेका छन् । 

यस्तो रक्सीको सेवनबाट अरु गत वर्ष पनि एक दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । त्यसैगरी सन् २००५ मा पनि सोही क्षेत्रमा कम्तीमा पनि २५ जनाको यसरी नै ज्यान गएको थियो । रासस-एएफपी 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411