दोलखाको सुस्माछमावतीमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा

मंगलवार, माघ १९, २०७२ साल,
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले दोलखाको सुस्माछमावती गा।वि।समा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले युके एडको लगानिमा संचालित सक्षम –एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पु¥याउँने क्रममा सो शाखा संचालनमा ल्याएको हो ।

 यस बैंकको शाखा रहित बैंकिङ्ग सेवाको संख्या कुल ८० पुगेको बैंकक प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिए । शाखा रहित बैंकिङ्ग सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराई राखेको छ ।

यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411