​शरणार्थीले फालेको ज्याकेटको पहाड नै बन्यो ग्रीसमा

मंगलवार, माघ १९, २०७२ साल,
ग्रीस । ग्रीसमा गत वर्षको तुलनामा ३५ गुणा बढी शरणार्थी प्रवेश गरेका छन् । समुद्री मार्गहुँदै ग्रीस प्रवेश गरेका शरणार्थीहरुले प्रयोग गरेको ‘लाइफ ज्याकेट’ फालिएको ठाउँले एउटा पहाड कै रुप धारण गरेको छ ।

समाचार एजेन्सीहरुका अनुसार तट क्षेत्रमा आइपुगेपछि शरणार्थीहरुले ‘लाइफ ज्याकेट’ छाडेर जाने गरेका छन् । यसरी शरणार्थीहरुले छाडेको ‘लाइफ ज्याकेट’ को तस्वीर हालै सार्वजनिक गरिएको छ ।

मानवरहित विमानबाट लिइएको तस्वीरमा ‘लाइफ ज्याकेट’ ले सानोतिनो पहाडकै रुप धारण गरेको देखिन्छ । करिब १० एकड क्षेत्रफलमा फालिएका लाइफ ज्याकेट पाँच मिटरसम्म अग्लो चाङमा परिणत भएका छन् ।

संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी एजेन्सीका अनुसार गत महिनामात्र ५८ हजार पाँच सय ४७ शरणार्थी युरोप प्रवेश गरेका छन् । ग्रीसमा मात्र नौ लाख १५ हजार दुई सय ७० शरणार्थीले आश्रय लिइरहेको बताइन्छ । एजेन्सी

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411