सिजि मोटोकोर्पको आधिकारिक सेल्स सोरुम स्याङजाको भकुण्डेमा

मंगलवार, माघ १९, २०७२ साल,
काठमाडौं । सुजुकी गाडीहरुको आधिकारिक विक्रेता सिजि मोटोकोर्पले स्याङजाको भकुण्डेमा आधिकारिक सेल्स सोरुम संचालनमा ल्याएको छ । गण्डकी र धौलागीरी अञ्चलका ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी स्याङजाको भकुण्डे बजारमा सुजुकीको २९ औँ शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

उक्त सोरुमको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द राज बतास र वालिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष शोभा कान्त पौडेललेसंयूक्त रुपमा शुभारम्भ गरेका थिए ।

उक्त अवसरमा सुजुकी ब्राण्डका कुनै पनि गाडी बुक गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको बतास अटोमोवाईल्स प्रा लि का बिक्रि प्रवन्धक गणेश ढकालले जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411